जिल्ला स्तरका सरकारी निकायहरुलाई रकम निकासा दिने ।
विनियोजन राजश्व धरौटी र कार्य संचालन कोषको आर्थिक कारोवारको चौमासिक रुपमा आन्तरीक लेखा परीक्षण गरी प्रतिवेदन गर्ने ।
सरकारी कारोवार गर्ने वैंकवाट दैनिक रुपमा साटिएका चेक रकमको विवरण लिई सोधभर्नाको निम्ति केन्द्रीय वैंकमा लेखि पठाउने साथै दैनिक रुपमा संकलन भएको रकमको विवरण र्वैंकवाट लिई केन्द्रिय वैंकमा पठाउने ।
जिल्ला स्तरीय आम्दानी खर्चको एकिकृत मासिक तथा वार्षिक प्रतिवेदन तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने ।
सरकारी निकायहरुको छड्के जाँच र निरीक्षण गरी वित्तिय अनुशासन र जवाफदेहीता अभिवृद्धि गर्ने ।
आर्थिक प्रशासन सम्वन्धी विषयमा कार्यालयहरुलाई राय परामर्श दिने ।
सार्वजनिक संम्पत्ति (घर जग्गा तथा सवारी साधन) को एकीकृत लगत तयार गर्ने ।
लेखाको दरवन्दी रीक्त रही कार्यालयको आर्थिक प्रशासन संचालन गर्न कठीनाई भएमा लेखाको कर्मचारीलाई काज खटाई व्यवस्थापन गर्ने ।
जिल्लामा अवस्थित कार्यालयहरुले टेलिफोन धारा र वत्तीको निम्ति सम्वन्धित कार्यालयमा राखेको धरौटीको विवरण लिई एकीकृत प्रतिवेदन तयार गर्ने ।